एसी मिलान टोरिनोसँँग पराजित

२०८१, ६ जेष्ठ आईतवार ०९:१९

इटालिय सिरी ए मा एसी मिलान पराजित भएको छ।

स्टेडियो ओलिम्पिको ग्रान्डे टोरिनोमा शनिबार राति सम्पन्न खेलमा घरेलु टोली टोरिनोसँग एसी मिलान ३-१ गोलले पराजित भएको हो।

घरेलु टोली टोरिनोको जितमा डुवान जापाटा, इभान इलिक र रिकार्डो रोड्रिगेजले समान १/१ गोल गरे। यता मिलानको लागि इस्माइल बेनेसरले गरेको गोल सान्त्वना बन्यो।

खेलको २६औं मिनेटमा डुवानको गोलबाट शुरूआती अग्रता बनाएको टोरिनोको लागि ४०औं मिनेटमा इभानले गोल गरेपछि खेलमा २-० को अग्रता बनायो।

पहिलो हाफमै २० को अग्रता बनाएको टोरिनोले ४६औं मिनेटमा रिकार्डोले गोल गर्दै ३-० को अग्रता दिलाए। ५५ औं मिनेटमा पाहुना टोली मिलानको लागि इस्माइलले गोल गरेपछि खेल ३-१ को अबस्थामा आयो।

त्यसपछि बाँकी समय थप गोल नहुँदा टोरिनो ३-१ ले विजयी भयो।

जितसँगै ३७ खेलबाट ५३ अंक जोडेको टोरिनो ९औं स्थानमा उक्लिएको छ। पराजित मिलान भने समान खेलबाट ७४ अंकसहित दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *