सिजनको अन्तिम खेलमा पराजित भएको बायर्न म्युनिखले तेस्रो स्थानमा रहेर बुन्डेसलिगाको अन्त्य गरेको छ।

शनिबार सम्पन्न खेलमा घरेलु टोली होफेनहाइमसँग बायर्न ४-२ गोल अन्तरले पराजित भएको हो। ३४ खेलबाट ४६ अंक जोडेको होफेनहाइम सातौँ स्थानमा रह्यो। ७२ अंक जोडेको बायर्न तेस्रो स्थानमा रह्यो।

खेलको चौथो मिनेटमा म्याथिस टेलले गोल गर्दै बायर्नलाई शुरूआती अग्रता दिलाएका थिए। उनले थोमस मुलरको पासमा गोल गरे। त्यसको दुई मिनेटपछि नै टेलको पासमा अल्फोन्सो डेभिसले दोस्रो गोल गरे।

तर, त्यससको दुई मिनटपछि नै म्याक्सिमिलियन बियरले गोल गर्दै होफेनहाइमलाई २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफमा आन्द्रेज क्रामारिकले ६८, ८५ र ८७ मिनेटमा गोल गर्दै होफेनहाइमलाई ४-२ को जित दिलाए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *