अन्तिम समयमा गोल ब्यहोर्न पुग्दा खालीबारी युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार स्वयम्भु क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा खालीबारीका लागि मार्बल सुनार र स्वयम्भूका लागि सुग्रित मगरले गोल गरे ।

यो नतिजासँगै १० खेलमा ११ अंक जोडेको खालीबारी १०औं स्थानमा छ । स्वयम्भू समान खेलबाट सात अंकका साथ १३औं स्थानमा छ ।

खेलको १५औं मिनेटमा मार्बलको गोलमार्फत खालीबारीले अग्रता लियो । मार्बलले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे ।

इन्जुरी समयमा सुग्रितले गोल गर्दै स्वयम्भूलाई हारबाट जोगाए । उनले प्रकाश पुनको पासलाई पोस्टको दिशा दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *