साउथह्याम्प्टन एफसी इङ्लिस प्रियिमर लिगमा फर्किएको छ । च्याम्पियसिपको प्ले अफमा आइतबार लिड्स युनाइटेडविरुद्ध १-० को कठिन जित निकाल्दै साउथह्याम्प्टन एक सिजन पछि नै शीर्ष डिभिजनमा उक्लिएको हो ।

लन्डनस्थि वेम्बली रंगशालामा साउथह्याम्प्टनलाई जित दिलाउन एडम आर्मस्टङले निर्णायक गोल गरे । उनले खेलको २४औं मिनेटमा विल स्मलबोनको पासलाई पोस्टको दिशा दिए ।

साउथह्याम्प्टनसन् २०२२/२३ को सिजनमा दोस्रो डिभिजन च्याम्पियनसिपमा झरेको थियो ।

साउथह्याम्प्टनसँगै लेस्टर सिटी र इप्सविच टाउन एफसी पनि शीर्ष डिभिजनमा उक्लिएका छन् । यसैगरी यो सिजनबाट लुटोन टाउन, बर्नेली र सेफिल्ड युनाइटेड च्याम्पियनसिपका झरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *