अन्तिम समयमा लय गुमाएको नेपोली

२०८१, १७ बैशाख सोमबार ०६:४१

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेटअघि नै गोल गर्दै टमी अब्राहमले इटालियन सिरी ए मा रोमालाई हारबाट जोगाएका छन्।

डिएगो अर्मान्डो म्याराडोनामा आइतबार राति सम्पन्न खेलमा रोमाले घरेलु टोली नापोलीसँग २-२ गोलको बराबरी खेलेको हो। बराबरीसँगै ३४ खेल खेलेको रोमा ५९ अंकसहित पाँचौँ स्थानमा यथावत् छ। नवौँ स्थानको नापोलीको समान खेलबाट ५० अंक रहेको छ।

खेलको ५९औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै रोमालाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको ६ मिनेटपछि नै जेन्स-लिस काजुस्टेको पासमा म्याथियास ओभिभेराले गोल गर्दै नापोलीलाई खेलमा फर्काए।

८४ औं मिनेटमा भिक्टर ओसिमहेनले पेनाल्टीमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए। तर, टमील निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेटअघि नै इभान एनडिकाको पासमा गोल गर्दै रोमालाई हारबाट बचाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *