आईसीसी यू-१९ महिला टी-२०विश्वकप २०२५ खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्मा लगायतले शुभकामनासहित टोलीको बिदाई गरे ।

क्यानले केही साताअघि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । नेपाली टोली विश्वकपमा भाग लिन पुस २७ गते मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ । 

यू–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । नेपाल समूह ‘डी’ मा रहेको छ ।

नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

नेपालको टोली:
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *