नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आईएल टी-२० लिग खेल्न यूएई प्रस्थान गरेका छन् । दिपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् ।

आईएल टी-२० मा दिपेन्द्र गल्फ जायन्ट्समा र कुशल डेजर्ट भाइपर्समा अनुबन्ध भएका छन् । दिपेन्द्र गएको संस्करणमा पनि यस लिगमा अनुबन्ध भएका थिए । कुशलले भने पहिलो पटक यो लिग खेल्न लागेका हुन् ।

दिपेन्द्र आबद्ध गल्फ जायन्ट्सले पहिलो खेलमा आइतवार शारजाह वारियर्ससँग खेल्दैछ । यस्तै कुशल आबद्ध डेजर्ट भाइपर्सले पहिलो खेलमा आइतवार नै आबुधाबी नाइट राइडर्ससँग खेल्दैछ । आईएल टी-२० लिग भोलिदेखि यूएई शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *