स्पेनिस क्लब रियल मड्रिडले १८ वर्षी युवा डिफेन्डर लामिनी फातीलाई अनुबन्ध गरेको छ ।
रियलले फातीका लागि एक लाख पाउन्ड भन्दा बढी रकम खर्च गरेको बताइएको छ ।
अङ्गोलियन आमा र गिनी-बिसाउका बाबुका छोरा लामिनी फाती स्पेनमा जन्मिएका हुन् । उनले स्पेनको पाँचौं डिभिजन तेसेरा आरएफईएफमा लेगानेस ‘बी’ टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमताको प्रमाणित गरेका थिए ।
१.८० मिटर उचाइ भएका फाती बल नियन्त्रण गर्ने सीप र शारीरिक बलमा अब्बल छन्, जसले उनलाई आफ्नो उमेर समूहमा उत्कृष्ट खेलाडी बनाएको छ ।
फातीको रियल मड्रिडमा अनुबन्धले ठूलो ध्यान आकर्षित गरेको छ । विशेष गरी उनलाई भ्यालेन्सियाजस्ता अन्य ठूला क्लबहरूले पनि पछ्याएका थिए । सुरुवातमा उनले रियल मड्रिड ‘सी’ वा अन्डर-१९ टोलीका लागि खेल्ने अपेक्षा गरिएको छ, र प्रगतिसँगै रियल मड्रिडको सिनियर टोलीमा स्थान पाउने सम्भावना छ ।
