अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टेष्ट बलरको वरियतामा भारतका फास्ट बलर जसप्रीत बुमराहले शीर्ष हासिल गरेका छन् ।
आईसीसीले बुधबार जारी गरेको बलरहरुको वरियतामा बुमराहले सर्वाधिक ९०८ अङ्क प्राप्त गरेर शिर्ष स्थान हासिल गरेका हुन् । यो अहिलेसम्म भारतीय बलरले प्राप्त गरेको सवैभन्दा स्कोर हो ।
त्यस्तै आईसीसीले जारी गरेको बलरहरुको वरियतामा अष्ट्रेलिया प्याट कमिङले दोश्रो स्थान प्राप्त गरेका छन । यसैगरि दक्षिण अफ्रिका केगिसो रबाडा तेस्रो र जोश हेजलवुड चौथो स्थानमा रहदा भारतका रविन्द्र जडेजाले १० औं स्थान हासिल गरेका छन ।
