नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत मधेश प्रदेश र नेपाल पुलिस क्लबबीचको आज (बुधबार) को खेल सकिएको छ ।

वीरगन्जमा भएको पहिलो दिनको खेलमा पहिले ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा १२९ मा अलआउट हुँदा पुलिस क्लबले १७४ रन बनाउँदै पहिलो इनिङमा ४५ रनले अग्रता लिएको छ ।

मधेश प्रदेशको तर्फबाट मयन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसको तर्फबाट गुलशन झाले सर्वाधिक ५ विकेट लिएका छन् । झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेल २ विकेट लिदा श्रवण यादव र ललित राजवंशीले १-१ विकेट लिए ।

पहिलो इनिङमा राम्रो शुरुवात गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुदा ३ विकेट गुमाएर १७४ रन बनाएको छ। पुलिसका ओपनर दुवैले उत्कृष्ट पारी खेल्दै दिलिप नाथले ४० र कुशल भूर्तेलले ६३ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै गुलशन झा २० बनाएर आउट हुँदा अमित श्रेष्ठ ३४ र आरिफ शेख १३ रनमा अविजित रहेर खेलिरहेका छन् । मधेशको तर्फबाट हरिशंकर शाहले २ र अभिषेक तिवारीले १ विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए ।

दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *