लेटाङ । कानेपोखरी गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै लेटाङ नगरपालिका मोरङको लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रस्तावित बुद्ध रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा कानेपोखरीलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै लेटाङ फाइनलमा पुगेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।

खेलको म्यान अफ द म्याच लेटाङका सुमन मगर घोषित भए । उनले एक हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

अब लेटाङले फाइनलमा पथरीशनिश्चरे नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पथरीशनिश्चरेले सुन्दरहरैंचा नगरपालिकालाई २-० गोल अन्तरले हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

उज्यालो जीवन प्रतिष्ठान र चिसाङ भ्याली क्लबको संयुक्त आयोजनामा उत्तरी मोरङका आठ पालिकाहरूको सहभागितामा भइरहेको प्रतियोगिताको विजेताले रु १ लाख तथा उपविजेताले रु ५० हजार रुपैयाँ सँगै ट्रफि प्राप्त गर्नेछ । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको छ ।

तस्वीरहरु : 101 Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *