बेलबारी । मोरङको बेलबारीमा जारी प्रदेश स्तरीय यु-१५ पुरुष फुटबल प्रतियोगितामा जुट बिकास एफसी र जहदा एफसी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
बेलबारी-३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा बुधबार भएको पहिलो खेलमा जुट बिकास एफसीले उर्लाबारी एफसीलाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा गरेको छ ।
निर्धारित समयमा समेत गोलरहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर जुट बिकासले बाजी मारेको हो ।
उर्लाबारीका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेका जुट बिकासका गोलरक्षक उत्सव कार्की खेलको म्यान अफ दि म्याच घोषित भए । उनले एक जोड फुटबल जुत्ता प्राप्त गरे ।
त्यसैगरी बिहिबार भएको अर्को खेलमा विराटनगरको लालिगुराँँस स्पोर्टिङ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै जहदा एफसी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
जहदाको जितमा दुबै गोल बसन्त मगर घोषित भए । बसन्तै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पनि एक जोड फुटबल जुत्ता प्राप्त गरे ।
बेलबारी फुटबल क्लबको आयोजना भएको प्रतियोगिताको विजेताले नगद ५१,१११ शहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५,५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुष २७ गते हुनेछ ।
