नेपाल यु-१९ राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा याम गुरुङ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही डिसेम्बर २२ मा नेपालले आयोजना गर्ने भुटानको राष्ट्रिय यु-१९ महिला टोलीसँगको मैत्रीपूर्ण खेलको गुरुङलाई मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा किरण कार्कीलाई नियुक्त गरेको छ।

महासचिव किरण राईले प्रशिक्षक गुरुङ सहायक प्रशिक्षक कार्की र टिम म्यानेजर हिन्दू दुवाललाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *