लिग वानमा पिएसजी रोकियो

२०८१, २२ मंसिर शनिबार ०८:२८

फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) लिग वानमा अक्सेरेसंग बराबरीमा रोकिएको छ ।

शुक्रवार राति भएको खेलमा साविक विजेता पिएसजी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अक्सेरेसंग गोलरहित बराबरीमा रोकिएको हो ।

अक्सेरेको घरेलु मैदान स्टाड स्टेड दि आइएब डिसच्याम्स रंगशालामा भएको खेलमा भ्रमणकारी टोली पिएसजीले निराशाजनक बराबरी खेल्यो ।

बराबरीसंगै पिएसजीले घरेलु टोलीसंग अंक बाँड्न बाध्य बन्यो ।

पिएसजीले लिग वानमा १४ खेलबाट ३४ अंक जोडेर शीर्ष स्थानमा कायमै रहेको छ ।

अक्सेरेले भने समान १४ खेलमा २० अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *