चेल्सी इंग्लिस प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटि माथि शनिबार २-१ को जित निकाल्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको हो ।

पाहुना टोली चेल्सीको जितमा निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजले एक एक गोल गरेका थिए । लेस्टरका लागि जोर्डन आयुले १ गोल फर्काएका थिए ।

खेलको १६औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीलाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले ७५औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । ९५औं मिनेटमा जोर्डन आयुले पेनाल्टीमार्फत लेस्टरका लागि एकमात्र सान्त्वना गोल गरेका थिए ।  

चेल्सीको १२ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी ११ खेलबाट २३ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुल भने २८ अंकका साथ रहेको छ ।

चेल्सीसँग पराजित भएको लेस्टर भने यो खेलको नतिजा पछि झनै एक स्थान तल ओलिएको छ । लेस्टर १५ औं बाट १६ औं स्थानमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *