बिराटनगर सिटी फुटबल क्लब सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिराटनगरले बागमती युवा क्लब सर्लाहीलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
बिराटनगरलाई जित दिलाउन ग्लोरी जोनासले दुई गोल र बिनु मगरले एक गोल गरे । खेलमा दुई गोल गरेका बिराटनगरका ग्लोरी म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंसिर ४ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल झापा फुटबल क्लब झापा र बिरगंज युनाइटेड क्लब बिरगंजबीच हुनेछ ।
