खुला जेटिआइ जुनियर टेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा ब्वाइजतर्फ राजवीर प्रधान र गर्ल्सतर्फ शिभाली गुरुङ च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको ब्वाइज फाइनलमा राजवीरले वृजेश अर्याललाई ६-२,६-० को सोझो सेटमा पराजित गरे ।

गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ६-२, ६-७, ७-६ ले हराइन् ।

बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शिभालीले दोहोरो स्वर्ण जितिन् । गर्ल्स यु-१४ सिंग्ल्सको फाइनलमा पनि शिभालीले स्वस्तिकालाई नै पराजित गरिन् ।

यु-१४ ब्वाइज सिंगल्समा वृजेश च्याम्पियन बने । यु-८ सिंगल्सको ब्वाइजमा कायन चालिसे र गर्ल्स अमाइरा गुप्ता पहिलो भए ।

कायन यु-९ सिंगल्समा पनि कायन च्याम्पियन भए । यो स्पर्धा गर्ल्समा निम्ति कुँवरले उपाधि जितिन् ।

यसैगरी यु-१० सिंगल्सको ब्वाइजमा सभ्यजंग कार्की र गर्ल्समा सारा पन्त तथा यु-१२ सिंगल्सको ब्वाइजमा विश्वविशेष डल्लाकोटी र गर्ल्समा आयुशा जिसी च्याम्पियन बने ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा जम्मा १२ स्पर्धा समावेश थियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद् सुनिल केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक बागमती प्रदेश टेनिस संघका अध्यक्ष मनोज राणा, मुख्य प्रायोजक मिस्टिक होटलका चेयरम्यान बालकृष्ण ध्वजुलगायतले पुरस्कार वितरण गरे ।

हरके समूहका शीर्ष दुईलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

आठ दिने प्रतियोगितामा १२७ खेलाडीले सहभागिता जनाएको टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *