चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग प्रदान गरेको छ ।
शनिबार ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठलाई पोखरामा उक्त सामाग्री हस्तान्तरण गरे ।
ब्युरो स्पोर्टस साइन्स रिसर्च ल्याबका लागि आवश्यक सामाग्री तथा खेल सामाग्री प्रदान गरेको राखेप सदस्यसचिवको सचिवालयकी सुलोचना सिजाख्वाले जनाकारी दिइन् ।
