प्रथम बिराटनगर फुटसल लिग आइतबारबाट

२०८१, २३ कार्तिक शुक्रबार १८:५९

बिराटनगर सिटि फुटबल क्लबको आयोजनामा हुने प्रथम बिराटनगर फुटसल लिग अन्तर्गत पहिलो हप्ताको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा बिराटानगरका ६ वटा टोलीको सहभागीता रहने छ । प्रतियोगितामा एबिफाइब, रि युनाइटेड एफसी, क्लासिको एफसी, स्टार बोइज, बिराटनगर स्पोर्ट्स एकेडेमी र अपटाउन एफसी सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेल एबिफाइब र रि युनाइटेड एफसीबीच हुनेछ । खेल आइतबार बिराटनगर-९ स्थित जेएनएल फुटसल मैदानमा साढे ५ बजे सुरु हुनेछ । पहिलो हप्ता आइतबार कुल तीन खेल हुनेछन् ।

प्रतियोगिताको सबै खेल जेएनएल फुटसल मैदानमा हुने बिराटनगर फुटबल क्लबका अध्यक्ष सुबाशिस कोइरालाले जानकारी गराए ।

हरेक टिमले होम एण्ड अवे फरम्याटमा १० खेल खेल्ने आयोजकले जनाएको छ । लिगमा हरेक टोलीले एक अर्कासँग दुई खेल्नेछन् । हरेक टोलीले हरेक हप्ता १ खेल खेल्नेछन् ।

लिगमा बिजेता टोलीलले ४० हजार रुपैयाँ नगद जित्ने छ भने उपविजेता टोलीले २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र सर्वाेत्कृष्ट गोलरक्षकलाई पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *