युरोपा लिगमा टोटेनहमको पहिलो हार

२०८१, २३ कार्तिक शुक्रबार १०:१९

इंग्लिस क्लब टोटेनहम हटस्पर्सले युरोपा लिगमा पहिलो हार ब्यहोरेको छ ।

गएराती भएको खेलमा दश खेलाडीमा समेटिएको टोटेनहमलाई टर्कीस क्लब गालातासारे ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली गालातासारेको जितमा भिक्टर ओसिमहेन २ तथा युनुस अक्गुनले १ गोल गरे । टोटनहमका विल लंकासेर र डोमोनिक सोलान्केले एक–एक गोल गरे । 

खेल सुरु भएको छैटौं मिनेटमा नै युनुसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा युवा खेलाडी विल लंकासेरले बराबरी गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा भिक्टर ओसिमहेनले पुनः आफ्नो टोलीलाई अग्रता दिलाए । ३९ औं मिनेटमा उनैले गोल गरेपछि टोटेनहम ३-१ पछि परेको थियो ।

त्यसैगरी खेलको ६० औं मिनेटमा विल दोहोरो पँहेलो कार्ड पाउँदै मैदान बाहिरिए । ६९ औं मिनेटमा सब्सिच्युट खेलाडी डोमिनिक सोलान्केले गोल गरेपनि टोटेनहमको जितका लागि पर्याप्त भएन ।

जितसँँगै गालातासारे ४ खेलमा १० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित टोटेनहम समान खेलबाट ९ अंक जोड्दै ७औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *