युरोपा लिगमा लाजियोको लगातार चौथो जित

२०८१, २३ कार्तिक शुक्रबार १२:१२

इटालियन क्लब लाजियोले युरोपा लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

घरेलु मैदान ओलम्पिको रंगशालामा बिहीबार लाजियोले पोर्चुगलको पोर्टोलाई २-१ ले पराजित गर्यो । लाजियोको जितमा दुवै गोल एलेसियो रोमाग्नोलीले गरे । पोर्टोका लागि स्टिफनले सान्त्वना गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा रोमाग्रोलीले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा स्टिफनले पोर्टोलाई बराबरीमा ल्याए ।

त्यसपछि खेल बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा रोमाग्रोलीले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोको जित पक्का गरे ।

लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको लाजियो शीर्ष स्थानमा उक्लिएको छ । पराजित पोर्टो समान खेलबाट चार अंकसहित २२औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *