इटालियन सिरी ए फुटबलमा फियोरेन्टिना, लाजियो र रोमाले जित निकालेका छन् ।

बिहीबार राति भएको खेलमा फियोरेन्टिनाले जेनोवाविरुद्ध १–० ले पराजित गर्दौ शीर्ष चार स्थानमा उक्लिएको छ । यो जितले युभेन्टसलाई छैटौं स्थानमा धकेलिदिएको छ । खेलको निर्णायक गोल रोबिन गोसेन्सले दोस्रो हाफमा गरे । जेनोवा भने १० खेलबाट ६ अंकसहित तालिकाको पुछारमा अड्किएको छ ।

यस्तै लाजियोले घरेलु टोली कोमोलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्यो । लाजियोको जितमा ताटी कास्टेलानोसले २ गोल गरे भने पेड्रो, प्याट्रिक र लाउम चाउनाले समान १-१ गोल गरे । कोमोका लागि लुका माज्जिटेलीले सान्त्वना गोल गरे । जितसँगै लाजियो सिरी ए को तालिकामा ५औं स्थानमा उक्लिएको छ । कोमो भने समान खेलबाट ९ अंंक सहित १५औं स्थानमा छ ।

त्यसैगरि गए राती नै सम्पन्न खेलमा रोमाले टोरिनोलाई १-० गोल अन्तरले पराजित गर्यो । रोमाका लागि निर्णायक गोल पाउलो डिबालाले खेलको २० औं मिनेटमा गरेका थिए । जितसँगै रोमा सिरी ए को तालिकामा १० खेलमा १३ अंक जोड्दै १०औं स्थानमा उक्लिएको छ । टोरिनो भने समान खेलबाट १४ अंकसहित ९औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *