पथरी | पुल्चोक फुटवल क्लब किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा पथरीको भोटेघुम्ती फुटवल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुल्चोकले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा पुल्चोक लागी निर्णायक गोल निरज परियारले गरे । पहिलो हाफमा दुबै टिमले बराबरी खेले पनि दोश्रो हाफमा पुल्चोकले अग्रता कायम गर्‍यो ।

खेलको म्यान अफ दि म्याच गोलकर्ता निरज परियार घोषित भए । बुधबार सिरिजंघा स्पोटिङ क्लब र हनुमान युनाइटेड बिच हुनेछ । न्यु स्टार क्लबले आयोजना गरेको फुटबलको फाइनल कार्तिक ९ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *