पथरी | मध्यान्तर अघि सम्म बनाएको अग्रता गुमाउँदा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब ललितपुर सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा ब्रिगे बुटवल लुम्बिनी फुटबल क्लब संग २-१ गोल अन्तरले पराजित भएको हो ।

लुम्बिनी फुटबल क्लबसँग पराजित भए संगै ब्रिगेडको उपाधि यात्रामा पूर्णविराम लागेको छ । बुटवल लुम्बिनी सेमिफाइनल प्रवेश गरेको छ । ब्रिगेडका लागी सुजन डंगोल र बुटवल लुम्बिनीका लागी एरिक बिष्ट र ग्लोरीले गोल गरे ।

सुजन डंगोलले २० औं मिनेटमा गोल गरे भने एरिकले ५१ औं मिनेटमा पेनाल्टि मार्फत गोल गरे । ग्लोरीले ६२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । बिष्ट खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे ।

बुधबार भारतको दरसिंह पाडा स्पोर्ट एकेडमी र सिराहको सलहेस फुटबल क्लब बिच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *