स्पेनिस ला लिगामा सेभिल्लामाथि बार्सिलोनाले सानदार जित निकालेको छ।
गएराति भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि ५-१ गोलको जित निकालेको हो । घरेलु टोली बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले दुई/दुई तथा पेड्रीले १ गोल गरे।
लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले अग्रता दोब्बर पारे । ३९ मिनेटमा फेरि लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३-० गोलले अग्रता लिएको थियो ।
दोस्रो हाफको ८२ र ८८ मिनेटमा पाब्लो टोरेले गोल गरे । ८७ मिनेटमा सेभिल्लाका स्टानिस इडुम्बोले गोल गरेका थिए।
जितसँँगै बार्सिलोना १० खेलबाट २७ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा छ । पराजित भएको सेभिल्ला १२ अंक जोडेर १३ औं स्थानमा छ ।
