साविक विजेता म्यानचेस्टर सिटीले इ‌ङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

इपिएलको सहभागी २० टोलीमा सिटी मात्रै यस सिजनको अपराजित टोली हो। आठौं खेलमा अपराजित यात्रा जारी राख्ने क्रममा सिटीले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो ।

वल्भ्सको मैदानमा भएको खेलमा सिटीलाई जितमा जोस्को ग्वार्डिओल र जोन स्टोन्सले गोल गरे । घरेलु टोलीका जोर्गेन स्ट्रान्ड लार्सनले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । घरेलु टोली वल्भ्सका लागि जोर्गेनले सातौं मिनेटमा गोल गरे। खेलको ३३औं मिनेटमा सिटीका ग्वार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

इन्ज्युरी समयमा स्टोन्सले गोल गर्दै सिटीलाई जित दिलाए ।

सिटीको ८ खेलबाट २० अंक रहेको छ । लिभरपुल र चेल्सीबीचको खेल जारी छ । वल्भ्स १ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *