ह्यारी केनको ह्याट्रिकमा वार्यन म्युनिखले जर्मन बुन्डेसलिगामा जित हासिल गरेको छ।
घरेलु मैदान एलियान्ज एरिनामा शनिबार राती सम्पन्न खेलमा बायर्नले स्टुगार्टलाई ४-० ले पराजित गरेको हो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक र किङ्स कोम्यानले एक गोल गरे ।
खेलको ५७औँ मिनेटमा केनको गोलबाट बार्यनले शुरूआती अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि केनले पुन: गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको ८० औं मिनेटमा रिबाउन्डमा प्राप्त अवसरलाई उपयोग गर्दै उनले ह्याट्रिक पुरा गरेका थिए । वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कोम्यानले खेलको अन्तिम समयमा गोल गरेसँगै बार्यन ४-० ले बिजयी भयो । यस अघिका दुई खेलमा वार्यनले बराबरी खेलेको थियो ।
यो जितसँगै बायर्नले ७ खेलबाट १७ अंक बनाएको छ। बायर्न शिर्ष स्थानमा छ । यता, समान खेलबाट ९ अंक जोडेको स्टुगार्ट ९औं स्थानमा छ ।
शनिबार राति भएका खेलमा वायर लिभरकुसेनले इत्रिच फ्रान्कफर्टलाई २-१ ले, बोरुसिया मोन्चेनग्लेड ब्याहाचले हाइडेन हिमलाडू ३-२ ले, फ्रेइवर्गले अस्बर्गलाई ३-१ ले, होइफेनहामले बोचुमलाई ३-१ ले तथा आरपी लेपिजले किन्ज ५ लाई २-० ले हराए ।
