रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सीलोनासँग अंक बराबरी गरेको छ । रियलले आइतवार बिहान सेल्टा डि भिगोलाई हराउँदै शीर्ष स्थानको बार्सीलोनासँग समान २४ अंक बनाएको हो ।
दशौं खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले सेल्टा डि भिगोलाई २-१ गोल अन्तरले पराजित गर्यो । सेल्टा डि भिगोको घरेलु मैदानमा रियलको जितमा केलियन एम्बाप्पे र भेनिसियस जुनियरले समान १ गोल गरे ।
घरेलु टोलीका लागि विलियोट स्वेडबर्गले सान्त्वना गोल गरे ।
एम्बाप्पेले २०औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५१औं मिनेटमा सेल्टाका स्वेडबर्गले बराबरी गोल फर्काए । रियलका लागि ६६औं मिनेटमा जुनियरले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
जितसँगै रियलको १० खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सीलोना २४ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाको अर्को खेल सोमवार बिहान सेभिल्लासँग रहेको छ । पराजित सेल्टा १० खेलमा ५ अंकका साथ दशौं स्थानमा छ ।
