आर्सनलको अपराजित यात्रा टुंंगियो

२०८१, ४ कार्तिक आईतवार ०८:५८

प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो ।

बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे । राएन क्रिस्टिइले अर्को गोल गरे ।

खेलको ३० औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । भिएआरको सहयोगमा सालिबालाई रातो कार्ड देखाइएको थियो । त्यसको फाइदा उठाउदै बर्नमाउथले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ७० औं मिनेटमा राएन क्रिस्टिइले क्लुइभर्टको पासमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । क्लुइऐर्टले ७९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारेका थिए ।

हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४-१ ले हरायो ।

एस्टन भिल्लाले फुलहमलाई ३-१ ले, एभरटनले इप्स्विच टाउनलाई २-० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३-२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *