ललितपुरको लगातार दोस्रो जित

२०८१, १६ आश्विन बुधबार ०६:३२

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा ललितपुर क्विन्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार ललितपुरले मधेश युनाइटेविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

पहिलो सेटमा २५-१५ को सहज जित निकालेको ललितपुरले दोस्रो सेटमा भने केही संघर्ष गर्नु पर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको सेटमा ललितपुर २६-२४ ले विजयी भयो । रोमाञ्चक तेस्रो सेट भने ललितपुरले २४-२६ ले गुमाउन पुग्यो ।

चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पर्दै ललितपुरले विजयी यात्रालाई कायम राख्यो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ललितपुर शीर्षस्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित मधेश अंकविहिन छ ।

पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराउँदा मधेश कर्णाली यश्चिजसँग ३-१ कै सेटमा पराजित भएको थियो ।

मंगलबारै सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३-२ तथा काठमाडौंले चितवनलाई ३-१ सेटमा पराजित गरे ।

बुधबारपनि तीन खेल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *