एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएमा) काठमाडौं स्पाइकर्सले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काठमाडौंले चितवन शक्तिलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २१-२५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५-१०, २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्यो
जितसँगै काठमाडौंले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको चितवनको पनि समान खेलबाट तीन अंक नै छ ।
पहिलो खेलमा काठमाडौं ललितपुर क्विन्ससँग ३-१ को सेटमा पराजित हुँदा चितवनले गण्डकी थन्डर्सललाई ३-१ कै सेटमा हराएको थियो ।
मंगलबारै सम्पन्न खेलमा कर्णाली यसभिसले गण्डकी थन्डर्सलाई ३-२ को सेटमा पराजित गर्यो ।
आजको तेस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेडबीच खेल हुदैछ ।
