सानिमा जिआइसी इन्स्युरेन्स सिइ कर्पोरेट टी-१० इन्डोर क्रिकेट प्रतियोगिताको दोश्रो संस्करणमा च्याम्पियन बनेको छ ।

चुनिखेलस्थित रोयल स्पोर्टस पार्कमा सम्पन्न फाइनलमा सानिमाले एनएलजी इन्स्युरेन्सलाई १६ रनले पराजित गर्यो।

सानिमाले प्रस्तुत गरेको ६४ रनको लक्ष्य पछ्याएको एनएलजीले नौ ओभरमा सात विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो।

एनएलजीका लागि समीर खड्काले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सानिमाका लागि कृष्ण रिमाल र निराजन बोहराले समान दुई तथा अनिल भुजेल र गौरभ गौतमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सानिमाले निर्धारित १० ओभरमा चार विकेट गुमाएर ६३ रनको योगफल तयार थियो।

सानिमाका लागि अविजित रहेका अभिषेक पोखरेलले २९ र अनिल भुजेलले ११ रन बनाए । एनएलजीका गिरिजा लागि खड्‌काले दुई तथा समीर खड्काले एक विकेट लिए ।

विजेता सानिमाले ६० हजार तथा उपविजेता एनएलजीले ३० हजार रुपैयाँ प्राप्त गरे ।

एनएलजीका रामप्रकाश मण्डलले उत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी एनएलजीका सुजनलाल श्रेष्ठ उत्कृष्ट बलर, रिलायबल लाइफ इन्स्युरेन्सका कल्याणराज हलवाई उत्कृष्ट ब्याटर, एनएलजीका गिरिजा खड्‌का उत्कृष्ट विकेटकिपर चुनिए । उनीहरुले जनही ५ हजार रुपैयाँ हात पारे ।

सिइ कन्स्ट्रक्सनद्वारा आयोजित प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *