नेपालले पहिलो पटक द हङकङ क्रिकेट सिक्सेस प्रतियोगिता पहिलो पटक खेल्ने भएको छ ।

सन् १९९२ देखि सुरु भएको प्रतियोगिताको १९औं संस्करण कात्तिक १६ देखि १८ गते सम्म मिसन रोड क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बताइएको छ ।

सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।

नेपाली क्रिकेट टोली विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न मंगलवार मात्र क्यानडा प्रस्थान गरेको छ ।

के हो क्रिकेट सिक्सेस प्रतियोगिता ?

यो पाँच ओभरको प्रतियोगिता हो । यसमा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउनेछन् ।

प्रतियोगिताको फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । यदी पाँच खेलाडी आउट भएमा अन्तिम ब्याटरले रन राख्न पाउनेछ ।

ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनेछ तर आवश्यकता परे पुनः ब्याटिङका लागि आउन सक्छ ।

यसैगरी प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *