पोखरामा भएको लामाचौर भलिबल कपको महिलातर्फको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ।

शुक्रबार भएको फाइनल खेलमा टिपटप न्यु डायमण्ड युथ क्बलाई ३-१ को सेटमा पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो ।

पहिलो सेटमा एपीएफले २५-२३ को जित निकाल्यो। सुरुवाती अग्रता लिएको न्यु डायमण्डले अन्तिमसम्म जोगाउन सकेन । दोस्रो सेट पनि न्यु डायमण्डले २५-२३ अंकमै गुमायो । तेस्रो सेट २५-१३ को जित निकाल्दै न्यु डायमण्डले पुनरागमन ग¥यो। चौंथो सेटमा २५-१० को जित निकाल्दै एपीएफले उपाधि रक्षा गरेको हो।

उपाधिसँगै एपीएफले एक लाख ५० हजार १११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। न्यु डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो ।

न्यु डायमण्ड उपविजेतामा सीमित बनेको यो लगातार तेस्रो बर्ष हो। यसअघिका दुई संस्करणमा अर्को विभागीय डर्बी नेपाल पुलिस क्बलसँग पराजित हुँदै उपाधि नजिक पुगेर घर फर्किनुपरेको थियो ।

४ टोली सहभागी प्रतियोगितामा एभरेष्ट भलिबल क्लब बुटवलले तेस्रो स्थान हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३- ० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो । तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *