राष्ट्रिय महिला भलिबल टोलीको सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मी विभागीय टोली नेपाल पुलिस क्लबमा अनुबन्ध भएका छन् ।

पुलिसले माल्दिभ्समा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ ।

पुलिसले उक्त प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती र निरुता तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रालाई भित्र्यो ।

रुपेश विष्टको नेतृत्वमा रहेको पुलिसमा उषा भण्डारी, पुनम चन्द, शान्तीकला तामाङ, कानना विष्टजस्ता राष्ट्रिय टोलीका खेलाडी छन् ।

पुलिसले प्रतियोगिताका लागि आफ्नो तयारी पनि सुरु गरिसकेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर १४ देखि २० सम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *