काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित हासिल गरेको छन् ।

भुटानको थिम्पुस्थित चा‌ङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमापराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल २१-१५, २१-१४ ले आफ्नो पक्षमा पार्यो। शुक्रबारको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानलाई २१-१४, २१-१४ ले आफ्नो पक्षमा पारेको थियो ।

बिहीबार भने नेपाल माल्दिभ्ससँग १६-२१, १५-२१ ले पराजित भएको थियो। शुक्रबार नै नेपालले ताजकिस्तानसँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *