काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार नेपालले घरेलु टोली भुटानलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।
कमला पुन र मनिषा चौधरीको जोडीले एकतर्फी खेल २१-५, २१-४ ले आफ्नो पक्षमा पार्यो ।
नेपाली टोलीले आज नै माल्दिभ्सको सामना गर्दैछ । पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो ।
यसैगरी पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पहिलो जित दर्ता गरेको छ । नेपालले भुटानविरुद्धको खेल २१-१४, २१-१४ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १६-२१, १५-२१ ले पराजित भएको थियो । आज नै नेपालले उज्वेकिस्तान र ताजकिस्तानसँग पनि खेल्ने तालिका छ ।
