नेपालको पुरुष र महिला दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपालको कमला पुन र मनिष चौधरीको जोडी बिहीबार भएको लिग चरणको तेस्रो खेलमा पनि जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार कमला र मनिषाको जोडीले उज्वेकिस्तानलाई २१-१७ र २१-१५ तथा माल्दिभ्सलाई २१-१४ र २१-१६ को सेटमा हरायो ।

यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले शुक्रबार भुटानलाई २१-१४ र २१-२१, उज्वेकिस्तानलाई २१-१५ र २१-१५ तथा समूह चरणको अन्तिम खेलमा ताजकिस्तानलाई २१-१३ र २१-१७ ले पराजत गर्यो ।
अब सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुनेछ । च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागि छन् ।
दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।
