इङ्गल्याण्डकि विकेट किपर ब्याटर एमी जोन्स र अष्ट्रेलियाकि बलर पीपा क्लेरीले इन्गेजमेन्ट गरेका छन् । यी दुवै क्रिकेट खेलाडीहरुले आफुहरुले इन्गेजमेन्ट गरेको कुरा सामाजिक सञ्जालबाट खुलासा गरेका हुन् ।
यी दुवै महिला क्रिकेट खेलाडी लामो समयदेखि फ्रेन्डसिपमा थिए । तर यो फ्रेन्डसिप प्रेममा बदलिएपछि दुवैले इन्गेजमेन्ट गर्ने फैसला गरेका हुन्। यी दुवै खेलाडीको इन्गेजमेन्टमा थोरै गेस्टलाई निमन्त्रणा गरिएको थियो ।
क्लेरी र एमीको पहिलो भेट विमेन्स विग बेस लिगका दौरान भएको थियो । दुवै खेलाडी पर्थ स्कोचर्स तर्फवाट खेल्दथे । यसपछि यी दुवै खेलाडी साथी बनेका थिए । साथी बन्दै गर्दा उनीहरुको सम्वन्ध प्रेममा बदलिएको थियो । यसपछि उनीहरुले इन्गेजमेन्ट गरेर सामाजिक सञ्जालमा फाटो सेयर गरेका थिए ।
जोन्सले इङ्गल्याण्डको तर्फबाट सन् २०१९ मा टेष्ट टोलीमा डेब्यू गरेकि थिइन् । यसपछि उनी एकदिवसिय क्रिकेटमा टोलीमा पर्न सफल भएकि थिइन् । जोन्सले ६ टेष्ट र ९१ एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेलेकि छिन् । त्यस्तै उनले १०७ टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकि छिन् ।
