एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ। आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो। दोस्रो र तेस्रो खेलमा भने नेपाल जितबिहीन भएको। दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो।

एसिया कपमा समूह ‘ए’ बाट भारत र पाकिस्तान र समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइल प्रवेश गरेका छन्। नेपालसहित यूएई, थाइल्याण्ड र मलेसिया समूह चरणबाट घर फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *