युरो कपको उपाधि समारोहमा जिब्राल्टरमाथि सार्वभौमिकताको दाबी गरेको भन्दै युइएफएले स्पेनका कप्तान अल्भारो मोराटा र प्लेयर अफ द टुर्नामेन्ट रोड्रीविरुद्ध अनुशासनको प्रक्रिया सुरु गरेको छ।

युरो कपको फाइनलमा इङ्ल्यान्डलाई २-१ ले हराएपछि मोराटा र रोड्रीले सोमबार मड्रिडमा आयोजित एक समारोहमा ‘जिब्राल्टर इज स्पेनिस’ गीत गाएका थिए। स्पेनको दक्षिणी टुप्पोमा रहेको जिब्राल्टर ३०० वर्षभन्दा बढी समयदेखि बेलायतीको उपनिवेशमा रहेको छ।

जिब्राल्टर फुटबल फेडेरेसनले युइएफएमा औपचारिक उजुरी दर्ता गरेको छ। युइएफएले सेप्टेम्बरमा हुने नेसन्स लिगमा यी खेलाडीलाई निलम्बन गर्न सक्ने छ।

जर्मनीमा भएको युरो कपमा युइएफएले अल्बानियाका खेलाडी मिरलिन्ड डाकुलाई सर्बिया र नर्थ म्यासेडोनियाविरुद्ध राष्ट्रवादी नारा लगाएपछि दुई खेलका लागि प्रतिबन्ध लगाएको थियो। मोराटा शुक्रबार एट्लेटिको मड्रिडबाट एसी मिलानमा अनुबन्ध भएका छन्। रोड्री म्यानचेस्टर सिटीबाट खेल्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *