स्पेनले इङ्गल्याण्डलाई पराजित गर्दै युरोकप २०२४ को च्याम्पियन बनेको छ ।

आइतबार बर्लिनस्थित ओलम्पिक रंगशालामा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई २-१ गोलको अन्तरले पराजित गरेको हो ।

स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेन चौथो पटक च्याम्पियन भएको हो । यसअघि स्पेन र जर्मनीले समान तीन पटक उपाधि उचालेका थिए । तर, यो कीर्तिमान स्पेनले तोडेको छ ।

स्पेनले यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै लगातार ७ खेलमा जित गर्दै उपाधि पनि जित्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *