विश्व नम्बर तीन कोर्लोस अल्कारेजले विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन् ।
स्पेनिस स्टार अल्कारेजले लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार विश्व नम्बर दुई सर्वियन खेलाडी नोभाकजोकोचिविरुद्ध ३-० को सोझो सेटमा पराजित गरे ।
सुरुआती दुई सेटमा समान ६-२ को सहज जित निकालेका अल्कारेजले तेस्रो सेटमा भने केही संघर्ष गर्नु पर्यो । निकै रोमाञ्चक तेस्रो सेटमा अल्कारेज ७-६ (७-४) ले विजयी भएका थिए ।

अल्कारेजको यो दोस्रो विमबल्डन उपाधि हो । गत वर्ष पनि जोकोभिचलाई नै हराउँदै अल्कारेज च्याम्पियन बनेका थिए ।
यता महिला एकलतर्फको उपाधि गणतन्त्रकी बारबोरा क्रेजिकोवाले जितेकी छन् । पहिलो पटक च्याम्पियन बन्ने क्रममा क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीलाई २-१ को सेटमा पराजित गरेकी थिइन् ।
