सर्जियो गोमेज शुक्रबार ला लिगा क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् ।
२३ वर्षीय लेफ्ट ब्याकले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा दुई सिजन बिताएका थिए ।
सिटीमा रहँदा उनले ३८ खेल मात्रै खेले। टोलीमा नियमित रूपमा आफूलाई स्थापित गर्न नसकेका उनले ६ वटा उपाधि जिते ।
उनलाई सोसिडाडले १० मिलियन युरोमा अनुबन्ध गरेको हो। गोमेज बेल्जियन क्लब एन्डरलेक्टबाट सिटी पुगेका थिए ।
