आयोजक राष्ट्र जर्मनीमाथि सनसनी जित हासिल गर्दै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार राति भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा घरेलु टोली जर्मनीमाथि २-१ को जित निकाल्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

हारसंगै जर्मनीको युरो यात्रा अन्तिम ८ बाटै टुंगिएको छ ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएसंगै खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो ।
तर, ट्राइब्रेकर उन्मुख खेलको अन्तिम समयतिर गोल गरेको स्पेनले सेमिफाइनलको यात्रा तय गर्यो ।
