नेदरल्यान्डस् र टर्की युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राती सम्पन्न पहिलो खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्डस् युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी गए राती सम्पन्न दोस्रो खेलमा टर्कीले अष्ट्रियाामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै युरोको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा नेदरल्यान्डस् र टर्कीबीच प्रतिस्पर्धा हुनेछ ।अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *