कोपा अमेरिका २०१४ बाट बलियो टोली मेक्सिको बाहिरिँदा भेनेजुएला र इक्वेडर अन्तिम ८ मा प्रवेश गरेका छन् ।

समूह ‘बी’ मा भेनेजुएला तीनै खेल जित्दै शीर्ष स्थानमा रह्यो । समान चार अंक रहेपनि मेक्सिकोलाई पछि पार्दै इक्वेडर उपविजेता बन्यो । जमैकाले अंक जोड्नै सकेन ।

सोमबार बिहान भएको खेलमा भेनेजुएलाले जमैकालाई ३-० ले हरायो । मेक्सिको र इक्वेडरले गोलरहित बराबरी खेले । यो खेल जितेको भए मेक्सिको अर्को चरणमा पुग्ने थियो । तर, निर्णायक खेलमा टोली चुकेको हो ।

यसअघि मेक्सिकोले जमैकालाई १-० ले हराउँदा भेनेजुएलासँग १-० ले हारेको थियो । भेनेजुएलाले मेक्सिकोसँगै इक्वेडरलाई २-१ हराएको हो ।

यो खेलसँगै क्वार्टरफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिना र इक्वेडर तथा भेनेजुएला र क्यानाडा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *