सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिकोलकागि रारा फुटबल क्लब राजारानी धनकुटा र सलहेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार दुहबी -७ भलुवा खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगर सिटि फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै रारा फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयमा राराका लागि पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरे भने बिराटनगरका लागि हिसुब थपलिया र सौरभ लिम्बुले गोल गरे ।

खेलको म्यान अफ दि म्याच राराका गोलरक्षक प्रदिप भण्डारी घोषित भए । उनले नगद ५ हजार तथा मेडल प्राप्त गरे ।

असार ५ गते हुने फाइनल खेलमा रारा फुटबल क्लबले सलहेश युवा क्लबको सामना गर्नेछ ।
असार ५ गते सम्म सञ्चालन हुने प्रतियोगिता कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु ४ लाख १ सय १ रुपौया सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्र चित बुझाउनु पर्ने छ त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकषर्क पुरस्कार पाउनेछ ।
