मोरङ जिल्लास्तरीय ए डिभिजन लिगको बुधबार चौथो चरणको खेल सकिएका छन् ।
बुधबार भएका खेलमा उर्लाबारी फुटबल क्लब उर्लाबारी, साईनो स्पोर्टिङ क्लब विराटनगर र हरैँँचा स्पोर्ट्स क्लब, सुन्दरहरैँचा विजयी भएका छन्।
बेलबारीस्थित बेलबारी खेल मैदानमा सम्पन्न पहिलो खेलमा मुनाल स्पोर्टिङ क्लब विराटनगर र बेलबारी फुटबल क्लब बेलबारीले २-२ गोलको बराबरी खेल्दै समान एक-एक अंंक बाँँडेका छन् । खेलमा मुनालका सन्दिप राईले एक गोल गर्दा बेलबारीका सन्दिप कार्कीले प्रहार गरेको बल आत्मघाती गोलमा परिणत भयो । बेलबारीबाट डेबिड मगर र नवीन राईले एक-एक गोल गरे ।
दोस्रो खेलमा उर्लाबारी फुटबल क्लबले सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले हरायो । उर्लाबारी जित दिलाउने क्रममा राम थापा र मिलन धिमालले एक-एक गोल गरे । सम्राटका लागि नितेश लिम्बुले एक गोल फर्काए ।
यसैगरी, विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा
साईनो स्पोर्ट्स क्लबले मोतीराम स्पोर्टिङ क्लबलाई २-१ गोलले पराजित गर्न सफल भयो । टेक बहादुर लिम्बुले गोल गर्दै मोतीरामलाई पहिलो हाफमा एक गोलको अग्रता दिलाएका थिए । तर खेलको दोस्रो हाफमा कुनाल लामा र डम्बर बहादुर कार्कीले एक-एक गोल गर्दै साईनोलाई उत्कृष्ट पुनरागम जित दिलाउन सफल भएका थिए ।
सोही मैदानमा भएको दोस्रो खेलमा हरैँचा स्पोर्ट्स क्लबले चार तारे युवा क्लब लेटाङविरुद्ध २-१ ले बिजयी भएको थियो । हरैँचाका लागि सुदिप खड्का र पारस दाहालले एक-एक गोल गरे । चारतारेका लागि सागर तिवारी एक गोल गर्न सफल भए ।
