इटहरी । सुनसरीको इटहरीमा आजदेखि प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा महुली फुटबल क्लब, सप्तरीले सानदार शुरुवात गरेको छ । महुलीले डाँडाबजार फुटबल क्लब, धनकुटालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
महुलीको जितमा अर्जुन रानाले ह्याट्रिक गरे भने सनिष लिम्बु र भुषण मगरले समान एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका महुलीका अर्जुन राना म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै डाँडाबजार सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगितामा भोलि शुक्रबार डाँगीहाट फुटबल क्लब, मोरङ र पंचायन फुटबल क्लब, रामधुनी, सुनसरीबीच खेल हुनेछ ।
तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।
